सुदुर पश्चिम प्रदेश बझाङ जिल्लाको मष्टा गाँउपालिका वडा नम्बर २ की कक्षा ६ अध्यनरत १२ बर्षिया सम्झना कामीको बुधबार बलात्कारपछि हत्या भएको उनका हजुरबुवा गोर्ख कामीले जनाएका छन् । घरबाट सिमछानामा पशुचौपाया बाँध्न गएकी बालीका अबेर सम्म घर नआएपछि उनको खोजी गर्दा गाँउ भन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दीरमा उनको शव फेला परेको हजुरबुवा कामीले जानकारी दिएका छन् । वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर खड्काका अनुसार बालिकाको शरिरभरी निलडाम सहित नग्न अवस्थामा शव फेला परेको छ । प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको देखिएको जानकारी दिदै अनुसन्धान शुरु गर्न थालेको जनाएको छ।