Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युएईमा मुम्बईको पहिलो जित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०७७
  • 5.2K
    SHARES

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले परगरेको छ । कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हात पारेको हो । युएईमा मुम्बईले आइपीएलमा पहिलो खेल जितेको हो । यसअघि सन् २०१४ मा युएईमा आइपीएल हुँदा मुम्बईले ५ खेल हारेको थियो । जितपछि २ खेलबाट २ अंक जोडेको मुम्बई राम्रो रनरेटसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । कोलकाताले भने सन् २०१३ पछि आइपीएलमा आफ्नो पहिलो खेल हारबाट सुरुवात गरेको छ । इओन मोर्गन, आन्द्रे रसेल जस्ता खेलाडी भएको कोलकाताले मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए । उनले १२ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।
आफूलाई तेस्रो नम्बरमा प्रमोट गरेका कप्ता दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे । मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए । मुम्बईका लागि ट्रेन्ट बोल्ट जेम्स व्याटिनसन जसप्रित बुमराह र राहुल चाहरले २९२ विकेट लिए । बुमराहले १६औं ओभरमा रसेल र मोर्गनलाई आउट गर्दै खेल मुम्बईको पक्षमा पारेका थिए । त्यसअघि अबुधाबीको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले कप्तान रोहित शर्माको बानदार ब्याटिङमा २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोहितले ५४ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ८० रन बनाए । अर्धशतकबाट ३ रनले चुकेका सूर्य कुमार यादवले रोहितलाई गतिलो साथ दिए र यी दुईले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे । यादवले २८ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ४७ रन जोडे । कोलकाताका लागि शिवम माभीले २ विकेट लिए । सबैभन्दा महँगा बनेका कमिङ्सले ३ ओभरमा ४९ रन खर्चिए । एजेन्सि

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४