काठमाडौं उपत्यकाका थप १० ओटा स्थानमा निशुल्क पीसीआर परीक्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड १९ को परीक्षणका लागि मानिसहरुको भिड बढे पछि सरकारले थप १० स्थानमा निशुल्क पीसीआर परीक्षण गराउने तयारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणका लागि टेकुमा देखिएको लाइनबारे आज छलफल भएकोे सोहि छलफल पश्चात काठमाडौंका १० वटा ल्याबमा निशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्थाबारे निर्णय भएको बताउनु भयो ।