Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिमका सात स्थानमा ‘रियल टाइममा विवरण हर्ने स्वचालित मौसम मापन केन्द्र स्थापना ।


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०७७
  • 7.2K
    SHARES

सुदूरपश्चिमका सात स्थानमा ‘रियल टाइममा विवरण हर्ने स्वचालित मौसम मापन केन्द्र स्थापना ।
जन न्युुज नेपाल खबर प्रतिनिधि दिपायल ।
सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना भएको छ । कृषि विकास निर्देशनालय दिपायलको २९ लाखको लागतमा मौसमी सूचना संकलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ । टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान केन्द्र कञ्चनपुर, कृषि ज्ञान केन्द्र बझाङ, सुक्खा फलफूल विकास केन्द्र सतबाझ बैतडी, कृषि क्याम्पस गोकुले, तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरा र कृषि विकास निर्देशनालय दिपायलमा केन्द्र स्थापना गरिएको छ ।

कृषि विकास निर्देशनालय दिपायलका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार स्वचालित मौसम मापन केन्द्रबाट वर्षा हुनेरनहुने, वायुको तापक्रम, अधिकतम तापक्रम, न्यूनतम तापक्रम, हावाहुरी, बादल लाग्ने÷नलाग्ने, सापेक्षिक आद्रता, हावाको गति र हावाको दिशाबारे जानकारी लिन सकिने बताएका छन् ।

जलवायु घटनाक्रमको आंकलन गरी केन्द्रमा जडान गरिएका उपकरणले उपलब्ध गराएको विवरण निर्देशनालयको वेवसाइटमा अपलोड भई हेर्न सकिने र सरोकारवालालाई मौसमी जानकारी दिन सकिने तथा किसानले लगाएको बालीमा हुन सक्ने हानी–नोक्सानी कम गर्न, बाली सुरक्षा गर्न र बाली लगाउनका लागि प्रतिकूल मौसमबारे जानकारी दिनका लागि केन्द्रले सघाउ पुर्याउने सूचना अधिकारी विष्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४