Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँचखालमा कार्यरत ६२ सैनिकलाई कोरोना संक्रमण पुष्टि !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०७७
  • 3.3K
    SHARES

पाँचखालमा कार्यरत ६२ सैनिकलाई कोरोना संक्रमण पुष्टि !

जन न्युज नेपाल खवर प्रतिनिधि !

काभ्रेपाल्चोकको पाँचखालस्थित वीरेन्द्र तालिम केन्द्रमा रहेका ६२ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ।

 उनीहरूमध्ये अधिकांश सैनिकहरू शान्ति सेनामा जाने पर्खाइमा थिए। गत भदौ २९ गते लिबिया जान लागेका ३७ सैनिकलाई कोरोना संक्रमण देखिएको थियो।कोरोना संक्रमण देखिएकै कारण लिबियाको उडान स्थगित भएको थियो।उनीहरूलाई देखिएकै आधारमा कन्ट्याक ट्रेसिङ गर्दा ६२ जनामा कोरोना संक्रमण देखिएको सैनिक स्रोतले जन न्युज नेपाल खवर प्रतिनिधिलाई बतायो।

 ‘शान्ति मिसनका लागि जाने सैनिकहरूले तालिम लिने ठाउँमा यसरी संक्रमण देखिँदा हामीलाई झस्काएको छ। मिसन जाने तयारी र सुरक्षामा खटिएका गरी पाँचखालमा २ हजार भन्दा सैनिक छन्,’सैनिक स्रोतले भन्यो,’कोरोनाको कारण शान्ति मिसन प्रभावित नहोस् भनेर हामीले सतर्कता अपनाएका छौं।हामीले बढीभन्दा बढी सचेत भएर यसलाई अन्त्य गर्ने काम सुरू गरेका छौं।‘

देशभर अहिलेसम्म नेपाली सेनामा २ हजार १ सय ४५ जना सैनिकलाई कोरोना संक्रमण देखिएको छ। जसमध्ये ४ सय ८९ जना निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४