जन न्युज नेपाल खवर प्रतिनिधि
काठमाडौँ / पछिल्लो दुई दिनदेखि नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १२ सयले घटेको हो । बुधबार तेजावी सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य घटेर तोलामा एक हजार एक सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।