पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध ?
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !
पर्वत–बागलुङ गएराती लगातार परेको वर्षाका कारण पहिरोले सडक अबरुद पर्बत कुस्मा नगरपालिका–१ सहस्रधारामा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । दुई सातादेखि यस स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने गएराती साँझदेखि नै यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्लाट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनु भएको छ ।बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै प्रमुख खड्काका अनुसार वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जनाए ।
सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् । ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटेका सवारी साधनहरु रातिदेखिनै मालढुङ्गामा अलपत्र परेका हुदा जति सक्दो चाँडो पहिरो हटाउने कोसिस समेत गर्ने प्रमुख खड्काले बताए ।