काठमाडौं । खाद्य संस्थानले दशैंलाई लक्षित गर्दै यस वर्ष ३ हजार वटा खसी र च्याङ्ग्रा खरिद गर्ने ।
सर्वसुलभ रुपमा विक्रि गर्दै आएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले हरेक वर्ष झै यस वर्षपनि दशैंलाई लक्षित गर्दै संस्थानले यो वर्ष ३ हजार खसी-बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीका अनुसार यो संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसीरबोका खरिद गर्ने योजना रहेको भएता पनि अहिले सम्म कति संख्यामा खरिद गर्ने भन्ने एकिन भए पनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।
संस्थानले विगत वर्षहरु झै यस वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने उपभोक्ताहरुले सजह र सुपथ मूल्यमा खाद्यवस्तु पाउन भन्नका लागी बढी भन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने विभाग प्रमुख सुवेदीले जन प्रहारलाई जानकारी दिएकी छिन् ।
जसमा कम्पनीले १४ सय वटा खसी–बोका र १६ सय वटा च्याङ्ग्रा ल्याएको भएको छ । भने यस पटक संस्थाले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैंयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैंयाँ बजेट छुट्याएको थियो ।
खाद्य संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ । भने च्याङ्ग्रा मुस्ताङबाट ल्याउने गरेको विभाग प्रमुख सुवेदीले जन प्रहारलाई जानकारी दिएकी छिन ।
