६ बोरा गाँजासहित ३ जना पक्राउ !
जन न्युज नेपाल खवर प्रतिनिधि
मकवानपुरको लोथर खोलास्थित ड्याम साइडबाट अवैध लागूऔषध गाँजासहित मंगलबार राक्सिराङ गाउँपालिका–४ का २७ वर्षीय मदन कोइराला, सोही गाउँपालिका–९ का २६ वर्षीय कपिल खाँड ठकुरी र ३० वर्षीय टलकबहादुर घलान रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
सुनाचुरीबाट खटिएको प्रहरीका अनुसार साथबाट ६ वटा बोरामा करिब एक क्विन्टल गाँजा अवैध रुपमा लिएर आउँदै गरेको सूचनाको आधारमा उनीहरुलाई मनहरी गाउँपालिका–६ लोथर खोलाको ड्याम साइडबाट नियन्त्रणमा लिएको छ ।