केन्द्रीय कारागारका कैदीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी
जन न्युज नेपाल खवर प्रतिनिधि
काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको छ । शनिबार (३ असोज)मा उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारले दावी गरेको छ । तर, जेल प्रशासनले उपचारको क्रममा स्वाभाविक मृत्यु भएको बताएको छ । जन न्युज नेपाल खवर प्रतिनिधिसँग कुरा गर्दै केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने, ‘दीर्घरोगी हुनुहुन्थ्यो, स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेका थियौं, भर्ना गरेको करिब २५ मिनेटमा मृत्यु भयो । रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन ।
तर, परिवारले हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् ।
मेरो वुवाको हत्या भएको हो, छानविन हुनुपर्छ’ मृतककी छोरी रश्मिले जन न्युज नेपाल खवर प्रतिनिधिसँग भनिन घाँटी र टाउकोमा चोट लागेको छ, स्वभाविक मृत्यु होइन ।’ पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए । कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि मंगलबार छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगिन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी छिन् ।
कारागार प्रशासनले परिवारलाई तपाईँको मान्छेको कारोनाको कारण ज्यान गएको’ भन्दै खबर गरेपछि परिवारका सदस्य काठमाडौं आएका थिए । शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले हिर्काएको छ । प्रहरीको लाठीबाट उनको हात भाँचिएको छ । अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको अस्पताल प्रशासनले जन न्युज नेपाल खवर डट.कमलाइ जानकरी दिएको छ ।