पाकिस्तानी प्रधानमन्त्री खानलाई विपक्षीदलद्दारा राजीनामा माग !
पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गदै विपक्षी दलहरू एकजुट भएका छन् यदि राजीमा नदिए उनीहरूले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गदै विपक्षी दलहरूको सर्वदलीय सम्मेलनमार्फत् आइतबार २६ बुँदे संयुक्त सम्झौता पत्र पनि सार्वजनिक गरेका छन्।
सर्वदलीय सम्मेलनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लिम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरू सहभागी भएका थियो ।गठबन्धनमा आबद्ध दलहरूले संयुक्त बैठकपछि संयुक्तरुपमै पत्रकार सम्मेलन गरेर सम्झौतापत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
गठबन्धनको नाम पाकिस्तान लोकतान्त्रिक आन्दोलन राखिएको छ । भने पत्रकार सम्मेलनमा जेयुएल एफका प्रमुख मौलाना फजल उर रहमानले सम्झौतापत्र वाचन गर्दै आन्दोलन र गठबन्धनका बारेमा जानकारी दिएका थियो । उनीहरूले भनेका छन् यदी खानले राजीनामा नदिए अक्टोबरदेखि देशव्यापी आन्दोलन तथा प्रदर्शन गर्ने जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय ख्यातीप्राप्त पूर्व क्रिकेटर तथा भ्रष्टाचार विरोधी अभियन्ता खानले सरकार बनाएको सुरूका दिनमा मुलकमा मात्र नभई विश्वका अन्य देशहरूले समेत निकै प्रशंसा र लोकप्रियता हासिल गरेका भएता पनि अहिले भने गलत कुरालाई स्थापित गर्न खोजेको र निर्वाचनमा शक्तिको दुरुपयोग गरेको लगायतका आरोपहरू उनमा लागेका छन् । एजेन्सी