विश्वविद्यालयलाई राजनीतिक अखडा बनाएको भन्दै नेविसंघद्वारा त्रिविका उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभूवन विश्वविद्यालयका उपकुलपति धर्माकान्त बाँस्कोटालाई विश्वविद्यालयलाई राजनीतिक अखडा बनाएको भन्दै नेविसंघको यसअघि घोषित आन्दोलन अनुसार मंगलबार कार्यालय प्रवेशमा रोक लगाएको छ ।उपकुलपति कार्यालय जाने क्रममा नेविसंघ कार्यकर्ताले बाटोमा टायर बालेर प्रदर्शन गर्र्दा प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिन खोज्दा झडपसमेत भएको नेविसंघले जनाएको छ ।
प्रदर्शनका क्रममा प्रहरीले नेविसंघ त्रिभुवन विश्वविधालय समितिका सचिव योगेन्द्र रावलल र दीपक ओझा, रुपेश शाहलगायतलाई नियन्त्रणमा लिएको छ ।