ह्वात्तै घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज नेपाली बजारमा सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ हो ।
आज छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिउको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला ९० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।