प्रियंका कार्की टिकटकबाट नयां कलाकार छान्दै ।
जन न्युज नेपाल खबर प्रतिनिधि ।
आयोजक द जीएमआईका अनुसार मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ । निर्णयकमा अभिनेत्री प्रियंका कार्की, हास्य अभिनेता किरण केसी र नृत्य निर्देशक कविराज गहतराज रहने छन् । भने नेपाली चलचित्र वृत्तमा नयाँ र प्रातिभावान् कलाकार भित्रयाउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
आगामी २९ सेप्टेम्बरसम्म प्रतियोगीहरूले सहभागिता जनाइसक्नुपर्ने पनि उक्त प्रतियोगितामा प्रतियोगीहरूले अभिनय गरेको भिडियो टिकटकमा लोड गरेर त्यो भिडियो प्रतियोगितामा पठाउनुपर्ने छ । भने प्रतियोगितामा सहभागी हुन रु १ सय रुपैयाँ शुल्क राखिएको छ ।
यो प्रतियोगितामा उत्कृष्ट हुनेलाई १ लाख ५० हजार रुपैयाँ सहित एउटा चलचित्र, दुईवटा म्युजिक भिडियोमा काम गर्ने अवसर पाउने अयोजकले जनाएको छ । यो प्रतियोगितामा दोस्रो हुनेले एउटा वेभ सिरिज, एउटा म्युजिक भिडियोमा अभिनयको अवसर र १ लाख रुपैयाँ पाउने छन् । तेस्रो हुनेले एउटा म्युजिक भिडियोमा अभिनय अवसर र ५० हजार रुपैयाँ प्राप्त अयोजकले जानकारी दिएको छ ।