नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल गरेको छ । बैठक पश्चापत् पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतापछिको पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल नीतिगत निर्णय भएको जानकारी दिएका छन् ।
उक्त बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा सचिवालयका सबै सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता श्रेष्ठले बताए ।
अर्काे बैठक भोलि १ बजेका लागि तय गर्दै बैठक सकिएको पार्टीका प्रवक्ता श्रेष्ठको जनाएका छन् ।