अंग प्रत्यारोपण केन्द्र बागेश्वरीमा बनाउन माग !
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !
भक्तपुर / नगरपालिका १ स्थित दुधपाटीमा रहेको शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र ठाँउ अभाव भएपछि २ वर्ष अगाडि चाँगुनारायण नगरपालिका ७ बागेश्वरीमा बनाउने सहमति भएको भएता पनि सहमति विपरीत प्रत्यारोपण केन्द्रलाई भक्तपुर क्षेत्र नम्वर २ कन्टुन्जेमा बनाउने चलखेल भएको भन्दै स्थानीयहरुले विरोध गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
वडा नम्वर ७ का वडाध्यक्ष ज्ञानबहादुर श्रेष्ठ सहित स्थानीयहरु बसिको टोलीले भक्तपुरका राजनीतिक पार्टीको ध्यानार्कषण गर्न नेपाली कांग्रेस भक्तपुरको सल्लाघारीस्थित पार्टी कार्यालयमा स्थानीयहरुले प्रत्यारोपण केन्द्र चाँगुनारायण नपा बागेश्वरीमै निर्माण गर्नुपर्ने भन्दै प्रदेश सांसद रजनी जोन्छे र कृष्णलाल भडेलको उपस्थितिमा भक्तपुर पार्टी सभापति दुर्लभ थापालाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझेपछि पार्टी सभापति थापाले २०७५ भदौ २१ गते सबै पार्टीका प्रतिनिधि र अस्पताल प्रशासन बसेर गरेको सहमति कार्यान्वयन गर्नुपर्ने र चाँगु नगरपालिका ७ बागेश्वरीमा प्रत्यारोपण केन्द्र बनाउने विषयमा पार्टीले पहल गर्ने समेत जनाएका छन् ।
प्रत्यारोपण केन्द्र बागेश्वरीमा बनाउन बागेश्वरीमै ७० रापनी जग्गा समेत उपलव्ध भएको र विगतको सहमति कार्यान्वयन गर्नुपर्नेमा उल्टो २ तिहाइको सरकारको दम्भ देखाएर सहमति विपरीत कार्य गर्न लागेको भन्दै प्रदेश सांसद भडेलले आपत्ति जनाएका छन् ।