शुक्रबारको तुलनामा डलर पैसाको भाउ घट्यो !
शुक्रबारको तुलनामा डलरको भाउ आइतबार ३३ पैसाले सस्तिएको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर एक सय १७ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय १७ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।
शुक्रबार अमेरिकी एक डलरको खरिददर एक सय १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय १८ रुपैयाँ १५ पैसा रहेको थियो ।