महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर ६ मा नज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडी बसेका २८ वर्षीय देव बहादुर खपाङ्गाी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु जनाएको छ । जीप चालकलाई भने प्रहरीले नियन्त्रण लिइ सकेका छन् ।