Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा. केसीसँग तत्काल संवाद गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ३ २०७७
  • 8K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि

जुम्लामा अनसनरत् प्राध्यापक डा.  गोविन्द केसीसँग सरकारले संवादको कुनै पहल नगरेको भन्दै नेपाली कांग्रेसले ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न’ माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारले केसीसँग संवादको कुनै पहल नगरेको विषयमा पार्टीले गम्भीरतापूर्वक लिएको जनाएका छन्।

 २०७५ साउन १० गते प्रधानमन्त्री केपी ओलीको अग्रसरतामा केसीसँग भएको सम्झौता उल्लंघन गरेको नजिक नदोहोर्‍याएर इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न कांग्रेसले सरकारसँग माग गरेको हो। कांग्रेसले केसीको जीवन रक्षा गर्न माग गर्दै जायज माग पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णाली प्रदेश सरकारसँग माग गरेको छ। कर्णालीको विकास र समग्र समृद्धिका लागि घनिभूत आवाज उठ्नु स्वाभाविक र जरुरी रहेको भन्दै कांग्रेसले सरकारलाई केसीसँग संवाद थाल्न माग गरेको हो। केसी गत सोमबारदेखि जुम्लामा अनसनरत् छन्। उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४