डा. गोविन्द केसीको स्वास्थ्य अवस्था र माग प्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण :-
प्रा.डा. गोविन्द केसी जुम्लामा अनशनरत बसेको पाँच दिन भइसक्दा पनि सरककारले डा. केसीको स्वास्थ्य अवस्था र जायज माग सम्बोधन गर्न नसकेको भन्दै चिकित्सक संघले डा.केसीको जीवन रक्षा गर्न र उनका माग प्रति सरककारलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।संघका महासचिव डा. बद्री रिजालका अनुसार आज जारी गरेको विज्ञप्ति डा. केसीका माग वार्तामार्फत् सम्बोधन गर्न भनिएको छ । भने विज्ञप्तिमा लेखिएको छ, ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायेज मागहरुको स्म्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ
नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ असोजसम्म अनशनमा रहने भनिएको भएता पनि पछिल्लो समयमा डा.केसीको स्वास्थ्य जटिल हुँदै गएको उनी निकट चिकित्सकहरु बताउन्छन् ।