उपभोक्ता ठगिएको भन्दै नेपाल एलपी ग्याँस उद्योग संघले ग्याँससहितकोे मूल्य ३,४७५ रुपैयाँ तोक

नेपाल एलपी ग्याँस उद्योग संघका अनुसार खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ भने सिलिण्डरको ग्याँसको मूल्य ३,४७५ रुपैयाँ तोकेको जनाएको छ ।नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एकरुपता ल्याउन यस्तो निर्णय गरेको जनाएका छन् ।बागमती प्रदेशमा शुक्रबारबाट लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको ग्याँस कम्पनीलाई निगमले तोकेको ग्याँसको प्रतिसिलिण्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले जनाएका छन् ।
यसअघि नयाँ सिलिण्डरसहितको ग्याँस खरिद गर्दा उपभोक्ताले चार हजार ५०० रुपैयाँसम्म तिरेको गुनासो आएको र अब उपभोक्ता ठगिन नपाउन भन्दै सिलिण्डरको फ्याक्ट्री लागत एक हजार ९५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर १०० गरेर दुई हजार १०० सय धरौटी तोकिएको अध्यक्ष भण्डारीले जानकारी दिउका छन् ।
तत्कालका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा यो निर्णय कार्यान्वनय हुने छ । भने उद्योगले कुनै विकल्प नदिइ उद्योग बन्द गरेमा वा उपभोक्ता बास सरेर अन्यत्र गएको अवस्थामा भने डिलरबाट धरौटी फिर्ता पाइने भएको छ ।