राजधानीका दुई महानगरपालिकाका काठमाडौं र ललितपुरका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन हुदा अहिले टाउको दुखाइको विषय बनेको छ काठमाडौं महानगरपालिकाका ४ सय ५२ र ललितपुर महानगरपालिकाका ७५ जना लाई आरटी पीसीआर परीक्षण गर्दा पाकोरोना पोजेटिभ देखिए संगै उनहिरु सम्पर्कमा नआएको र स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवर बताउन्छन् । पोजेटिभ आएकाहरुलाई सम्पर्क गर्दा धेरैजनाको मोबाइल स्विच अफ हुने गरेको प्रमुख कुँवरले बताउनु भयो ।
विवरणअनुसार संक्रमण देखिएको व्यक्ति नभेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभागमा विवरण पठाउन लागिएको काठमाडौं महानगरपालिका कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले जनाएका छन् ।
स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले राजधानीमा स्वाब दिएर संक्रमित देखेपछि मोबाइल स्विच अफ गर्ने व्यक्तिको सम्पर्क गर्ने जिम्मा काठमाडौं महानगरपालिका दिने गरेको छ । काठमाडौं महानगरपालिकाले फेला नपारेपछि सरकारले ती व्यक्तिलाई खोजी गर्न प्रहरीलाई जिम्मा दिने गरेका छ ।भनेशुरुआती चरणमा यस्ता घटना आउने गरेको भएता पनि अहिलेल भने कम हुन थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताएका छन् ।