बलात्कार प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीका अनुसार सप्तरीको डाकनेश्वरी नगरपालिका–७ की किशोरी संगीता मण्डलको बलात्कार प्रकरणमा स्थानीय १८ वर्षीय बल्लु भनिने सुमन कुमार मण्डल र रन्जित मण्डल लाई बलान बिहुल गाउँपालिका वडा नं. ४ बाट पक्राउ गरेको छ ।गत भदौ २९ मा धानखेतमा पानीको अवस्था हेर्न गएकी संगीता माथि गाउँकै चार जना युवाले सामूहिक बलात्कार गरेका थियो ।
बलात्कार भएपछि गाउँका अगुवाहरुले केही नगद दिएर घटना मिलापत्र गर्न दबाव दिएका कारण विक्षिप्त भएकि संगीताले आत्महत्या गरेकी थिइन् ।बलात्कारमा मुख्य आरोपी ‘दुई जना पक्राउ परेका भएता पनि अन्य दुई जना फरार रहेकाले अझै पनि खोजी कार्य जारी रहेको डिएसपी भारतीले बताए