Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर कोरोना संक्रमितको अवस्था


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०७७
  • 3.6K
    SHARES

विश्वभर कोरोना संक्रमितको अवस्था
जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शुक्रबार बिहान कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको हो । स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नेपालमा मात्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । त्यस्तै कोरोनाबाट नेपालमा ३ सय ८३ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ४३ हजार निको भएका छन् ।
अहिले सम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या तीन करोड ५९ हजार ८ सय ९६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ४४ हजार ३ सय ५८ रहेको छ भने संक्रमण पुष्टि भएकाहरुमध्ये २ करोड ४ लाखभन्दा बढी निको भएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ६६ लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन् ।
भने अमेरिकामा एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २५ लाख ४० हजार रहेको छ ।
कोरोना भाइरसको संक्रमणको हिसाबले भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख १८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजारभन्दा बढी पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये भारतमा करिब ४० लाख निको भएका छन् ।
त्यस्तै ब्राजिलमा करिब ४४ लाख ५५ हजार संक्रमित भएका छन् भने करिब एक लाख ३५ हजारको मृत्यु भएको छ । ब्राजिलमा ३८ लाख ७३ हजारभन्दा बढी निको भएका छन् ।। त्यस्तै चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या १० लाख ८१ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट करिब १९ हजारको मृत्यु भएको छ । रुसमा संक्रमण पुष्टि भएकामध्ये करिब ९ लाख निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४