अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले को मिलोमतोमा करोडौँ रकम हिनामिना गरेको आरोप
वीरगन्ज । पर्साको सखुवापर्सौनी गाउँपालिका मा गाउँ पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले को मिलोमतोमा करोडौँ रकम हिनामिना गरेको आरोप लगाएको छ ।
अध्यक्ष प्रदीप जयसवाल र प्रमुख प्रशासकीय अधिकृत संदेश यादवले एकलौटी ढंगबाट करोडौँ बराबरको रकम हिनामिना गरेर र भष्ट्राचार गरको गाउँपालिका उपाध्यक्षले आरोप लगाएकी छन् ।
अध्यक्ष र अधिकृत विषयगत समिती नै गठन नगरी ५ करोड भन्दा बढी रकम भ्रष्टाचार गरेका उपाध्यक्ष फुलमती देवी चौधरीले आरोप लगाएकी छन् ।
उपाध्यक्ष चौधरी र गाउँपालिकाका वडाध्यक्षहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय पर्सामा एउटा ज्ञापन पत्र बुझाउँदै गाउँपालिका र प्रशासकीय अधिकृतले लागाएको आरोप बारे अनुसन्धान गर्दै कारवाही गर्न माग गरेका छन् ।
गत साउन १४ गते आर्थिक वर्ष २०७७ र ७८ कालागि जारी गर्नुपर्ने निती तथा कार्यक्रम उद्घाटनमै सिमित भएको र त्यस पश्चात एकलौटी अध्यक्षको निर्देशनमा भदौ १९ गते कार्यक्रम गर्ने पत्र काटिएपनि आफुहरुले विरोध गर्दै आएको ज्ञापनमा भनिएको छ ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ को १ (ग) मा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितीमा ४ सदस्य अनिवार्य हुनुपर्नेमा गाउँपालिका अध्यक्षले गैरकानुनी रुपमा आफ्नै पार्टिबाट ४ जना सदस्य राखि निर्णयहरु पारित गरी व्यापक अनियमतिता गरेको उपाध्यक्ष र वडा अध्यक्षहरुले आरोप लगाएका छन् ।
बिहीबार पेश गरिएको ज्ञापन पत्रमा रोकिएको निती तथा कार्यक्रम गर्नुपर्ने, गत आर्थिक वर्षको आय र व्यय विवरण सार्वजनिक गर्नुपर्ने, गैरकानुनी रुपमा गठन भएको समिती खारेज गर्नुपर्ने लगातयका मागहरु समेटिएका छन् ।