१७ कोरोना सङ्क्रमित निको भए संगै म्याग्दी जिल्ला कोरोना भाइरस संक्रमणमुक्त
म्याग्दी ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी जिल्ला कोरोना भाइरस संक्रमणमुक्त बनेको छ ।
म्याग्दी एक महिनाअघि कोराना संक्रमणमुक्त जिल्ला बनेको भएता पनि सरुवा भएर आएका एक प्रहरीमा कोरोना संक्रमण देखिएपछि पुनः कोरोना संक्रमण युक्त जिल्ला बनेको म्याग्दी उक्त प्रहरीको पिसिआर परीक्षणको नतिजामा बुधबार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।
प्रमुख अधिकारीका अनुसार म्याग्दी जिल्ला कोरोना संक्रमणयुक्त जिल्ला बनेकाले अझै समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिन म्याग्दीमा उच्च सतकर्ता अपनाइएको छ ।