चन्द्रागिरि केवलकार आजबाट खुल्ने !
६ महिनापछि चन्द्रागिरि केवलकार आजबाट पचास प्रतिशत मात्रै यात्रु राखेर केवलकार सञ्चालन शुरु भएको छ एउटा गोन्डालामा चार जना मात्रै यात्रु राखेर केवलकार सेवा शुरु भएको छ ।
चन्द्रागिरि हिल्सका महाप्रवन्धक अभिषेकविक्रम शाहका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड र आवश्यक दूरी कायम गरेर केवलकार सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ ।
यात्रुको चापअनुसार १८ देखि ३८ वटा डिब्बाबाट सेवा दिइने महाप्रवन्धक शाहले जानकारी दिनु भएको छ ।
चन्द्रागिरि केवलकार चढ्नका लागि फोन कलहरु आइरहेको र सरकारको निर्देशन अनुसार ग्राहकहरुलाई सुरक्षित सेवा प्रदान गर्ने महाप्रवन्धक शाहले जिकिर गरे ।