बिल गेट्सका पिताको ९४ वर्षको उमेरमा निधन
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयका १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो । सोमबार हेनरीको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा निधन भएको हो ।
पारिवारीक स्रोतका अनुसार उहाँ अल्जाइमरको बिरामी हुनुहुन्थ्यो । हेनरीको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए । हेनरीकै प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।