भोलिदेखि लामो दुरीमा सार्वजनिक सवारी चलाउन व्यवसायी र मजदुर सहमत !
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ।
बुधबार विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए असोज १ गते अर्थात भोलिबाटैै सेवामा जान यातायात व्यवसायी र मजदुरहरु तयार भएको बताएका छन् ।

मन्त्रालयका अनुसार व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको हुदा यातायात व्यवस्था विभागले बुधबार नै मापदण्ड फाइनल गरेर सार्वजनिक गर्नेे भएको छ ।सोमबारको मन्त्री परिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । एक लाइनको सिटमा एक जना मात्रै यात्रु बस्ने गरी सेवा दिनुपर्ने सरकारको शर्त रहेको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले बैठकमा व्यवसायीको मागअनुसार नै सबै दुरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका मापदण्ड पालना गरेर सेवामा जान आग्रह गरेका छन् । मन्त्री नेम्वाङले व्यवसायीलाई परेका समस्या समाधान गर्न तत्पर रहेको भन्दै भोलिबाटै लामो दुरीमा सेवा चल्ने वातावरण तयार गरिने समेत जनाएका छन् ।