कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै उपत्यकामा प्रदर्शन !
जन न्युज नेपाल खवर प्रतिनिधि नमुना दहाल कार्की काठमाडौँ!
काठमाडौँ / स्वतन्त्र नागरिक समूह र स्थानीय युवाहरुले नेपाल विद्युध प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । घिसिङको चार बर्षे कार्यकाल आइतबारबाट सकिएको थियो ।
राम्रो काम गरेर उज्यालो नेपाल बनाउन सफल भएका घिसिङलाइ चार वर्षको कार्यकाल पुरा भएपछि पनि पुन घिसिङलाइ नै नियुक्ति गर्नु पर्छ भन्दै विभिन्न प्ले कार्ड र राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ गरेको आफ्नो मान्छेलाई बिद्धुत प्राधिकरणमा ल्याउन ठुलो चलखेल भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणको जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । यदि अर्को व्यक्तिलाई प्राधिकरणमा प्रमुख बनाएर ल्याइएमा शसक्त रुपमा आन्दोलनमा उत्रिने समेतको सरकारलाई चेतावनी समेत दिएका छन् ।