टिकटकमा राजेन्द्र कुमार कार्कीको हिट लोक गित मुना पलायो
जन न्युज नेपाल खवर प्रतिनिधि
टिकटक युवा मात्र नभई सबै उमेर समुहका हरुका लागी निकै नै लोकप्रिय एप भएको छ । यसले राम्रा गित संगितलाई पनि जनमानसमा पु्र्याउन ठुलो सहयोग गरेको छ । कलाकारहरुले पनि आफ्ना गित हिट भए नभएको र आम दशर्कले चासो देखाएको नदेखाएको समेत छोटो समयमै मुल्याङन गर्ने पाएका छन् ।
१५ सेकेन्डसम्मकोे भिडियो बनाएर सबै खाले अभिनय गर्ने मिल्ने यो एप्सले कालाकारलाई दर्शक माझ सजिलै सहकार्य गरिदिएको छ । टिकटकले मान्छेको क्षमता लाई मात्र नभई काला र गाला दुइटैको मुल्याङन गरेको छ ।
टिकटकमा करियर बनाउने साथै आफ्नो गित दर्शकले मन पराएका छन् कि छैन भन्ने पनि सजिलै थाहा पाउन सकिन्छ । जस्तै अहिले राष्ट्रिय संगित कर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीको चर्चित लोक दोहोरी मुना पलायो अहिले टिकटक दुनियांमा चर्चाको शिखर चुम्न सफल भएको छ । भने यसले कारकारिता क्षेत्रमा काम गर्ने अझै हौसाला दिएको अध्यक्ष कार्कीको भनाई छ ।
उनका अनुसार गित संगित मध्यको ठुलो विधा लोक विधा हो र यसलाई सबैले माया गर्ने र अझै आउने सयौं पूस्ताका लागी पनि लोक विधा महत्वपुर्ण रहेको हुदा यस्ता एप्सले गित संगित क्षेत्रमा ठुलो भुमिका खेलेको अध्यक्ष कार्कीको बताए ।
पछिल्लो समयमा अध्यक्ष कार्की र राजकुमार हुमागाईको अर्को न्यु लोक दोहोरी गित पनि छिटौ बजारमा आउदै गरको हुदा सबै दशर्क र टिकटक प्रेमीहरुले माया गरिदिन हुन समेत अध्यक्ष कार्कीले आग्रह गर्नु भएको छ ।
