अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति आउन्स २ हजार डलर नाघ्यो
जन न्युज नेपाल खवर प्रतिनिधि
नेपाली बजारमा पछिल्लो समयमा सुनको भाउ दिनप्रति दिन आकाशिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलाको १ लाख रुपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च मूल्य हो रहेको छ । सुन पछिल्लो समयमा नेपाली बजारमा मात्र नभई अहिले विश्वव्यापी रुपमै बढीरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सनुको प्रति आउन्स २ हजार ३५ अमेरिकी डलरसम्म पुगेको छ ।
सुनको मुल्य साताअघिमात्र अन्तर्राष्ट्रिय बजारमा सन् २०११ को उच्च मूल्यको रेकर्ड ब्रेक गरेको छ । सुनको मुल्य वृद्धिमा वर्ल्ड गोल्ड काउन्सिलले मुख्य रुपमा महामारीले निम्त्याएको अनिश्चतता,न्यून ब्याजदर यी तीन कारणले बढ्एको र यो मुल्य अझै जारी रहने प्रक्षेपन गरेको छ ।
काउन्सिका अनुसार विश्वभरका केन्द्रीय बैंकले ब्याजदरमा कटौति गरेकका छन्। यसबाट सरकारी बन्ड तथा अन्य माध्यममा विगतमा हुँदै आएको लगानी स्टक मार्केटले पनि आकर्षित गर्न नकेपछि सुनको मुल्य वृद्धि भएको जनाएको छ ।
विश्वका केही देशहरु कोरोनाको कहर सिथिल भएपछि आर्थिक पुनरुत्थानउन्मुख भएपनि समग्र विश्वमा अझै त्रास कायमै भएकाले लगानी तथा आर्थिक गतिविध सामन्य हुने अवस्था नभएकाले विश्वव्यापी लगानीको सुरक्षित माध्यम सुन भइरहेको यसको मुल्य वृद्धि भएको काउन्सिलले निष्कर्ष निकालेको छ।