नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाइ कोराना संक्रमण पुष्टि
जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !
दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पु¥याएर फर्किएका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार लामाले स्वाब परीक्षण गर्दा रिपोट पोजेटिभ आएको लामाले सार्वजनिक गरेका छन् ।
क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।
अहिले लामा सोल्टी होटेलमा रहेका छन् । उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।