Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओम्नी समूह एक वर्षसम्म सार्वजनिक खरिदमा सामेल हुन नपाउने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २९ २०७७
  • 4.9K
    SHARES

ओम्नी समूह एक वर्षसम्म सार्वजनिक खरिदमा सामेल हुन नपाउने !

जन न्युज नेपाल खवर प्रतिनिधि 

कोरोना भाइरस नियन्त्रणका लागि सम्बन्धित स्वास्थ्य उपकरण आयातको जिम्मा पाएको ओम्नी समूहलाई काम गर्न नसकेको भन्दै एक वर्षसम्म सार्वजनिक निकायको खरिदमा भाग लिन नपाउने गरी कालोसूचीमा राखिएको कम्पनीले जनाएको छ ।

सरकारले विभागमार्फत् कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकीय उपकरण ओम्नीसँग ल्याउन सम्झौता गरेपनि तोकिएको समयमा सामान ल्याउन नसकेपछि फेरि ठेक्का रद्द गदै स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्दै थप कार्वाही गर्ने समेत जनाएको थियो ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै औषधि खरिदमा सहभागी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालोसूचीमा राखेको जनाएको हो ।
राजनीतिक रुपमा जोगाउन खोजेको भएपनि संसदीय समितिदेखि आम जनताले ओम्नीलाई कार्वाही गर्न चौतर्फी दबाब दिएपछि खरिद कार्यालयले कार्वाही कदमी अगाडि बढाएको छ ।

ओम्नीलाई सामान ल्याउन बजार भाउभन्दा ४८ गुणासम्म महँगोमा जिम्मा दिइएका भन्दै त्यति बैलै सरकारको सर्वत्र आलोचना समेत भएको थियो ।

ओम्नीले नै ल्याएको ५० हजार ¥यापिड टेष्ट किट पनि कामै नलाग्ने ल्याएको भन्दै त्यो पनि सरकारले प्रयोग गरेकामा जनस्वास्थ्य विज्ञहरुले नै आलोचना गरेका थिए ।

पछि सरकारले जीटूजीमार्फत औषधि खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिए पनि त्यो पनि चरम विवादमा परेको हुदा स्वयं सेनाले पनि रक्षा मन्त्रालयको नेतृत्वले आफूहरुलाई विवादमा पारेको भन्दै असन्तोष जनाएको थियो ।

यसै विषयमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सार्वजनिक कार्यक्रममै घोचपेच समेत चलेको थियो । पछि रक्षा मन्त्रालयले प्रष्टीकरण दिँदै विज्ञप्ति समेत निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४