काट्न ठिक्क बेला भएको धान खोलाले बगायो
पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं ३ सिकार बासमा खोलामा आएको बढी ले गर्दा काट्ने बेला हुन लागेको धान खोलाले बगाएको छ।
गएराती आएको खोलाको बाढिले गर्दा सञ्जय चौधरी र भगन चौधरीको करिब १३ कट्ठामा लगाएको धानबाली बगाएको छ । भने स्थानियहरुले बाढीका कारण आज बिहान करिब ९ बजे सम्म पनि गाउँ भन्दा बाहिर आवत जावत गर्न नपाएको स्थानीयले गुनासो गरेका छन् ।
स्थानिय सञ्जय चौधरी र भगन चौधरीको केही साता अगाडि बाढिले २ बिगहामा लगाएको धान बगाएको थियो ।