Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नेविसंघ सभापति हुँदा देउवालाई बल्लतल्ल हटाइएको थियो । अहिले पनि छाड्ने छाँटकाँट छैन”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २८ २०७७
  • 4.5K
    SHARES

“नेविसंघ सभापति हुँदा देउवालाई बल्लतल्ल हटाइएको थियो । अहिले पनि छाड्ने छाँटकाँट छैन“

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

सुतेर बस्यो भने महाधिवेशन कहिल्यै हुँदैन: प्रकाशमान सिंह

काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पद नछाड्ने नेताका रूपमा अर्थ्याएका छन्।

पहिले नेविसंघबाट बल्लबल्ल अध्यक्ष छाडेका देउवाले अहिले पार्टी नेतृत्वमै बसिरहन चाहेको पौडेलको आरोप छ।

२०२८ सालमा नेविसंघको अधिवेशनबाट देउवा सर्वसम्मत सभापति बनेको प्रसंग निकाल्दै पौडेलले त्यसको आठ वर्षसम्म पद नछोडेपछि हटाइएको बताएका हुन्।

०३६ सालमा देउवालाई हटाएर बलबहादुर केसीलाई नेविसंघको कार्यबहाक सभापति बनाइएको पौडेलको भनाइ रहेको छ। त्यसबेला देउवा जेलमा थिए। लगत्तै जनकपुरमा भएको महाधिवेशनबाट २४ वर्षका विमलेन्द्र निधि नेविसंघ सभापति भएका थिए।

 

समयमै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण नगर्ने यही कार्यशैली देउवाले अहिले पार्टीमा दोहोर्‍याउन खोजेको पौडेलको भनाइ छ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधारित संगठन’ विषयक जुम बैठकमा नेता पौडेलले देउवालाई ‘पद नछाड्ने नेताका रुपमा चित्रण’ गरेका हुन् ।

‘मैले देउवाको कार्यशैली पहिलेदेखि भोगेको हुँ,’ उनले भने, ‘उहाँले राम्रैसँग गडबड गर्नुहुन्छ भन्ने थाहा थियो। उहाँ पद नछोड्ने कुरा सधैँ गर्नुहुन्छ। ०२७ सालमा नेविसंघ गठन भयो। अर्को वर्ष महाधिवेशन गरेर देउवालाई जिम्मा लगाइएको थियो । भने २०३६ सालसम्म उहाँले पद छोड्नुभएन। २०३६ सालको  आन्दोलन गर्दा बलबहादुरजीलाई र २०३८ बाट निधि नेविसंघमा चुनिएको हुन्।’

नेविसंघ नेतृत्वमा हुँदाजस्तै देउवाले अहिले कांग्रेस महाधिवेशन पनि टार्न चलखेल गरेको नेता पौडेलको आरोप छ।

 

अब महाधिवेशन फागुनमा गर्न सकिन्न केन्द्रीय समिति बोलाएर नयाँ मिति तय गरौं’ भन्ने कुरा हिजोआज चलिरहेको उल्लेख गर्दै पौडेलले बाँकी रहेको ५ महिनामा महाधिवेशन गर्न सकिने बताए।

‘क्रियाशील सदस्यता टुंग्याउने हो भने फागुनमै महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘इच्छाशक्ति नहुने हो भने त थप गर्ने छ महिनामा महाधिवेशन हुन्छ भन्ने सुनिश्चितता के ?’

महाधिवेशन टार्ने र भदौ पछि निर्वाचन आयोगमा पुरानै कार्यसमितिको नाम बुझाउने चलखेल भइरहेको पौडेलको आरोप छ।

‘अब फागुनसम्म ५ महिना पार्टीले के गरेर बस्ने?,’ उनले प्रश्न गरे, ‘क्रियाशील सदस्यता छिटो टुंग्याऔं। त्यसपछि पाँच/पाँच दिनको फरकमा अधिवेशन गरेर महाधिवेशन एक महिनामै गर्न सकिन्छ।’

महाधिवेशन फागुनबाट पनि पछि धकेल्न सभापति देउवाले जिल्लाहरूमा समायोजनका काम पनि रोकिराखेको,आरोप,नेता,पौडेलले,लगाएका,छन्।

समायोजन नसकिएका १५ जिल्लामा क्रियाशील सदस्यता फारम नै पुगेको छैन। समायोजन सकेपछि मात्रै ती कार्यसमितिले क्रियाशील वितरण र नवीकरणका काम गर्न पाउँछन्।

‘बहानाबाजी गरेर, आफ्ना मान्छे लगाएर जिल्लाहरूमा समायोजन अल्मल्याएर राख्ने काम भइरहेका छन्,’ पौडेलले भने, ‘बाँकी ५ महिना खुरूखुरू काम गरेर समय सदुपयोग गर्नुभन्दा कोरोनाका बेला के महाधिवेशनको कुरा गरेको भनेर मलाई पो उल्लु बनाउँदैछन्।’

सभापति देउवाको चाहना अब अर्को भदौसम्म पनि महाधिवेशन नगर्ने रहेको पौडेलको दाबी छ।

‘शेरबहादुर नजिकका रकमी मानिसहरू कुरा मिलाउन खप्पिस छन्,’ उनले भने, ‘पार्टीमा संकट आउन लाग्यो के गर्ने त अब? भन्दै पुरानै कार्यसमितिको नाम निर्वाचन आयोगमा बुझाउने तरखर हुन सक्छ।’

सभापति देउवाको कार्यशैलीको पार्टीभित्रै आलोचना भइरहेका छन्। केन्द्रीय सदस्य गगन थापाले विधानअनुसार सभापतिले पार्टी सञ्चालन गर्न नसकेको बताएका छन् ।

‘पार्टीलाई विधानअनुसार चलाएर एक ढिक्का बनाएर लैजानु छ,’ उनले भने, ‘तर सभापति नै विधानअनुसार चल्नु भएको छैन। विधानअनुसार पार्टी चल्नुपर्ने, बलमिच्याइँ तरिकाले चलिरहेको छ।’

यस्तो अवस्था सजिलो पर्दा हिजोका दिनमा विधान मिच्ने परिपाटीले निम्त्याएको थापा बताउँछन्।

‘सजिलो पर्दा विधान मिच्ने परिपाटीको प्रतिफल अहिलेको अवस्था हो,’ उनले भने।

सभापति देउवाले महाधिवेशन सकिएको ६ महिनाभित्र गर्नुपर्ने विभाग तथा शुभेच्छुक संस्थामा मनोनयन नियमित कार्यकाल सकिएको छ महिनापछि हिजोआज गरिरहेका छन्।

थापाले क्रियाशील सदस्यता प्रणाली हटाएर १४ औं महाधिवेशनपछि आम मानिसबाट कांग्रेस नेतृत्व छान्न मिल्ने विधान लागू गरिनुपर्ने बताएका छन्। यसो गर्न सके जनताबाट अनुमोदन हुन नसक्ने नेता हावी नहुने उनको भनाइ छ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि फागुनमा महाधिवेशन गर्न सकिने बताउँछन्। तर त्यसका लागि नेतृत्व तयार हुनुपर्ने उनले बताए।

‘फागुनमा किन महाधिवेशन नहुने?,’ उनले प्रश्न गरे, ‘सुतेर बस्यो भने त कहिले पनि हुन्न। काम गर्नुपर्‍यो।’

उनले हरेक पाँच वर्षमा महाधिवेशन हुनैपर्ने पनि बताए।

‘परीक्षण भइसकेका नेतालाई यो महाधिवेशनबाट फेरि मौका दिन हुन्न,’ उनले भने।

पार्टीले मूल्य मान्यताको राजनीति छाडेपछि दुर्गति भोग्नु परेको उनले बताएका छन् ।

‘२०४६ सालको परिवर्तनपछि मूल्यमान्यताको राजनीतिबाट सत्ता र शक्तितर्फ पार्टीका नेताहरू लागे। प्रजातान्त्रिक पार्टीमा विधानअनुसार चलेन,’ सिंहले भने, ‘जसरी भए पनि सत्तामा जानका लागि के गर्ने त्यो हुन थाल्यो। कुर्सीको राजनीतिमा जोड दिँदा विधि हरायो। पैसाको बलमा संगठन कब्जा गर्दा पार्टीले यो दुर्गति भोगिरहेको छ।’

चौंथो प्रयासमा सभापति भएका देउवाले समयको मागअनुसार पार्टी हाँक्न नसकेको सिंहले बताए।

‘चारपटक प्रधानमन्त्री भइसकेको र चौंथो प्रयासमा १३ औं महाधिवेशनबाट सभापति चुनिएका सभापतिले समय र जनताको मागअनुसार पार्टी नेतृत्व गर्न सक्नुभएन,’ उनले भने, ‘कांग्रेस कमजोर भयो भनेर सबैले भनिरहेका छन्।’

उनले पार्टीभित्र गुटउपगुट रहेकोमा त्यो हटाउनुपर्ने बताए। ‘ए, बी र सी कांग्रेस छन्। नेपाली कांग्रेस खोइ त?,’ देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाले चलाइरहेको गुटतर्फ संकेत गर्दै उनले भनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४