प्रदेश नं २ मा १७० सैयाको कोभिड हस्पिटल संचालन आयो !
जन न्युज नेपाल खबर प्रतिनिधि


कोरोना संक्रमित बढ्एको भन्दै आज एक कार्यक्रम का बिच नेसनल मेडिकल कलेजले १७० सैया को कोभिड हस्पिटल संचालन गरेको छ ।
विश्व स्वास्थ्य संगठनका मापदण्लाई ध्यानमा राखेर नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जले तत्कालका लागि १७० सैयाको कोभिड हस्पिटल संचालन गरेको छ । थप १३० गरेर ३०० बेडको केहि दिनमा बनाउने छ निर्णय समेत गरेको छ ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बनाएको अहिले सम्म कै प्रदेशको ठुलो कोभिड हस्पिटल रहेको छ। ८ बेड को ईमरजेन्सी,१८ बेडको आइसियु कक्ष, १६ बेड ईसक्रनिङ कक्ष, १८ वटा बेड अक्सिजन आवश्यक पर्ने व्यक्तिका लागि बाकी सामान्य रुघाखोकि र जरो, आउने बितिकै हस्पिटल आउन सजिलो होस् भनेर बनाएको छ । विभिन्न राजनीतिक दलका खिचातानीका कारण पहिले नै घोषणा गर्नुपर्ने निर्णय गरेको भएता पनि प्रदेश सरकार र स्थानीय सरकारले आवश्यकता नठानेको ले नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई कोभिड हस्पिटल संचालन गर्न अलि ढिलो भएको मेडिकल कलेजले जानकारी दिएको छ ।