Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महानगरीय अपराध महाशाखाका ७ प्रहरीमा कोरोना संक्रमण पुष्टि !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०७७
  • 5.1K
    SHARES

 

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको हो।

उनीहरूलाई नेपाल प्रहरी अस्पताल, दुई नम्बर गणको आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ।

 

संक्रमितहरूमध्ये चार जना महाशाखाकै कार्यालयका हुन् भने अरू महाशाखा अन्तर्गतका युनिटका हुन्।

उनीहरूको विभिन्न मितिमा संक्रमण देखिएको थियो। महाशाखाका २२ जनाको स्वाब परीक्षण गराउँदा ७ जनामा संक्रमण देखिएको हो।

थप १९ जना प्रहरीको कोरोना परीक्षणको लागि स्वाब पठाएको एसएसपी थापाले बताएका छन्।

उनीहरूको रिपोर्ट आउन बाँकी छ। महाशाखाले गत सोमबार बागबजारबाट चार जनालाई नक्कली प्रेसकार्ड बनाएको आरोपमा पक्राउ गरेको थियो। त्यसमध्ये एक जनामा कोरोना संक्रमण देखिएको थियो। उनीबाट नै महाशाखामा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

‘अस्ति नक्कली प्रेस कार्ड बनाउने समातिएका मध्ये एक जनामा पनि संक्रमण देखिएको थियो,’उनले भने,’उनीबाट सरेको आशंका हो। काममा हामी कुनै कमीकमजोरी हुन दिँदैनौं। हामी जोगिएर काम गर्छौं।‘

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४