Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसपी सहित ६ जना प्रहरी बिरुद्ध जाहेरी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २५ २०७७
  • 7.4K
    SHARES

जन न्युज  नेपाल खवर प्रदेश न.२ संयोजक सागर  हुमागाई !

रौतहट  / हिरासतमा रहेका एक युवकलाइ यातना दिएका कारण मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तात्कालिन एसपी सहित जिल्ला ६ जना प्रहरी बिरुद्ध जाहेरी दिएका छन ।

मृतक बिजय राम का बाबु पनिलाल रामले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तात्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्का सहित ६ जना प्रहरी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् ।

हिरासतमा यातना दिएको भन्दै इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नवीन कुमार सिंह, सई वीरेन्द्र यादव, प्रहरी हवल्दार हिरोज मियाँ धुनियाँ र मुन्ना सिंह विरुद्ध जाहेरी दर्ता गराएका छन ।
आरोप लागेका प्रहरी प्रमुख खड्का हेडक्वाटर,र  डिएसपी महत्तो जनकपुर तानिएका थिए भने प्रहरी निरिक्षक सिह र दुई हवल्दार निलम्वनमा परेका थिए ।

जाहेरी पछी जिल्ला सरकारी वकिलको  कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिएको छ । साउन ३१ गते भएको निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय रामको हिरासतमा रहेका बेला यातना दिएर उनको भदौ ११ गते उपचारको क्रममा मृत्यु भएको परिवारको भनाइ छ । दोषि माथी कार्वाहीको माग गर्दै जाहेरी दर्ता भएको दलित अगुवा धर्मेन्द्र पासवानले जन न्युज नेपाल खवरलाइ जानकारी दिएका छन ।एसपी खड्का रौतहटका तात्कालिन प्रहरी प्रमुख हुन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४