Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालिका लघुवित्तमा ठूलो घोटालाको आशंका, राष्ट्र बैंकले थाल्यो अनुसन्धान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २४ २०७७
  • 14.1K
    SHARES

कालिका लघुवित्तमा ठूलो घोटालाको आशंका, राष्ट्र बैंकले थाल्यो अनुसन्धान

जन न्युज नेपाल खवर प्रतिनिधि

 काठमाडौं । राष्ट्रिय स्तरको लघुवित्त कालिका लघुवित्त वित्तीय संस्थामा करोडौं अनियमितता भएको विषय बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान थालेको छ ।

संस्थाको तनहूँको साजबोट शाखा कार्यालयमा ५३ जना नक्कली ऋणी खडा गरेर शाखा प्रवन्धक शर्मिला घिमिरेले कर्जा लिएको भन्दै उजुरी परेको थियो । संस्थाका निमित्त सीईओकै मिलेमतोमा यस्तो अनियमितता भएको कतिपय कर्मचारीको आशंका छ ।

नक्कली ऋणी खडा गरेर पैसा निकालि आपसमा भागबण्डा साजबोट शाखा साविकको जनसेवी लघुवित्त वित्तीय संस्था अन्तरगत थियो । जनसेवी लघुवित्त कालिकामा मर्ज भएपछि उक्त शाखा पनि मर्ज भएको हो । त्यसबेला जनसेवीको सीईओ रहेका कमल खत्री कालिकाको डेपुटी सीईओ नियुक्त भएका थिए । अहिले उनले निमित्त सीईओ भएर कालिकाको नेतृत्व गरिरहेका छन् ।

नक्कली ऋणी खडा गरी कति रकम निकालियो भन्ने प्रष्ट भएको छैन । तर, एक करोडभन्दा बढि हिनामिना भएको आशंका गरिएको छ । अहिले निमित्त सीईओ खत्रि स्वयम्ले यो प्रकरणमा अनुसन्धान गरिरहेका छन् । आशंकित व्यक्तिले नै गरेको अनुसन्धानलाई कर्मचारीले विश्वास गरेका छैनन् ।

खत्रीले घटना बाहिर ल्याएको भन्दै साजबोट शाखामा कार्यरत कर्मचारीलाई सरुवा पुर्जी थमाएर विकट जिल्ला पठाएका थिए । बन्दाबन्दीकै अवस्थामा ३ दिनमा हाजिर हुनु भन्दै डोटीको बुडर सरुवा गरिएको स्रोतले बतायो । सामान्य अवस्थामा पनि २ दिन लाग्ने ठाउँ ३ दिनमा पुग्न बन्दाबन्दीका बेला सम्भव थिएन । ती कर्मचारीले अहिले जान सम्भव नभएको बताउँदा बढुवा रोकिदिने चेतावनी दिएका थिए ।

अनियमितताका विषयमा बोल्ने अन्य कर्मचारीहरुलाई पनि उनले धमाधम सरुवा गरेको स्रोतको भनाइ छ । कतिपयले यस्तो बेलामा सरुवा भएर जान नसक्ने भन्दै जागिर छाड्न बाध्य भएका छन् ।

मर्जर गरेकोमा अध्यक्षलाई पछुतो

संस्थाका सञ्चालक समिति अध्यक्ष विकास गौचनले कर्मचारीबाट अनियमितता भएको हुनसक्ने बताए । उनले संस्थामा भएका कमजोरीहरु सुधार गर्नु पर्नेमा धेरै राजनीति गरिएको गुनासो गरे ।

उनले भने, ‘पक्कै केही भएर नै कुरा बाहिर आयो, घाउ नभई औंशा पर्दैन भन्ने त उखानै छ नि ।’
अहिले आएको विवादका विषयमा सीईओ र डेपुटी सीईओ नै अनुगमनमा गएको भन्दै उनले छानविन नभई अनावश्यक राजनीतिक गर्नु गलत भएको बताए ।
‘दोषी भेटिए कारवाही गर्नैपर्छ’ उनले थपे, ‘तर अनावश्यक रुपमा राजनीति गर्न थालियो, भएका समस्या समाधान गर्नेतर्फ सोचिएन ।’

उनले कालिका लघुवित्तसँग मर्जर गराएर अहिले आफूलाई पश्चताप भइरहेको सुनाए । अब चाडै नै साधारणसभा बोलाएर अध्यक्ष पदबाट राजीनामा दिने गौचनको भनाइ थियो । अहिले नै छाड्न चाहे पनि राजीनामा दिन साधारणसभासम्म पर्खनुपर्ने बाध्यता रहेको उनले बताए ।
गौचनकाअनुसार यसअघि कालिकाको बाग्लुङ गलकोट नजिकको शाखामा पनि २५ लाख अनियमितता भएको थियो । यस विषयमा पनि अब छानबिन हुनुपर्ने उनले बताए ।

 

संस्थाका सञ्चालक सन्तोष श्रेष्ठले पनि घटना बाहिर आएपछि अहिले छानविन भइरहेको बताए । चाँडै सञ्चालक समिति बैठक ठाकेर आवश्यक कारवाही हुने उनको भनाइ छ ।‘प्रमाण जुटाउँदै छौं’

लामो समयदेखि साजबोट शाखा कार्यालयको लेखा परीक्षण समेत हुन सकेको छैन । कर्मचारीहरुले पटक(पटक उच्च व्यवस्थापनमा जानकारी गराउँदा पनि केही सुनवाइ नभएपछि मर्जपश्चात सीईओलाई नै यो विषयमा जानकारी गराइएको थियो ।

त्यसपछि सीईओले संस्थाका वरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेको संयोजकत्वमा कामु अधिकृत यामप्रसाद अर्याल र सुपरीवेक्षक प्रकाशकुमार बोगटीलाई अनुमगनका लागि पठाएका थिए । त्यसबेला अनुगमन नगरी फर्किएको टोलिले अहिले भने छानविन गरिरहेको बताएको छ ।

समितिका संयोजक पाण्डेले अनियमितताको विषय बाहिर आएपछि छानविन भइरहेको बताए । के कति अनियमितता भएको भन्ने पुष्टि नभए पनि प्रारम्भिक अनुसन्धानमा अनियमितता देखिएको उनले बताए । ऋणका फाइल सीईओलाई बुझाइएको भन्दै उनले बैंकिङ कसुर अनुसार मुद्दा अघि बढ्न देखिएको र अहिले प्रमाण जुटाउने काम भइरहेको जानकारी दिए ।
‘

५३ जनामध्ये केही ग्राहक वास्तविक नै भएको कुरा पनि आएको छ, यस विषयमा सीईओकै संयोजकत्वमा अनुसन्धान भइरहेको छ’ पाण्डेले भने, ‘बैंकिङ कसुरमा जाने पक्का छ, हामी यथेष्ठ प्रमाणहरु जुटाउन लागेका छौं ।’
सीईओ भन्छन्( गलत नियत छैन

संस्थाका निमित्त सीईओ खत्रीले यो प्रकरणमा एक जना शाखा प्रमुखसहित २ जनामाथि मात्र आरोप लागेको बताए । तर आरोप पुष्टि भने भइनसकेको उनको भनाइ छ । दोषी देखिए जो कोहीलाई कारवाही पनि हुने उनी बताउँछन् ।

तर, यसमा तपाईं स्वयम्को संलग्नता रहेको आशंका पनि छ नि रु भन्ने प्रश्नमा सीईओ खत्रीले इन्कार गरे ।
अनुसन्धानकै लागि ऋणका फाइलहरु लगिएको उल्लेख गर्दै खत्रीले भने, ‘सम्बन्धित मान्छेहरुलाई राखेर छानविन भइरहेको छ, ऋण लिएको हो कि होइन भन्ने कुराहरु पुष्टि हुन बाँकी छ । ५३ जना वा त्योभन्दा बढी वा कम हुन सक्छन् । बाहिर आएको भन्दा फरक व्यक्ति पनि दोषी देखिनसक्छन् । ‘

बन्दाबन्दीका अवस्थामा गरिएको कर्मचारी सरुवामा आफ्नो कुनै गलत नियत नरहेको उनले दावी गरे । ८ गतेको चिठी काटेर ११ गते हाजिर हुन भनेर चिठी लेख्दा ११ गतेदेखिकै सेवा सुविधा पाउने भएकाले चिठ्ठीमा त्यस्तो लेखिएको उनले बताए । तत्कालै जान नसक्नेलाई जबरजस्ति नगरिएको खत्रिको भनाइ छ ।

राष्ट्र बैंकले थाल्यो अनुसन्धान

अनियमितताको विषयमा नेपाल राष्ट्र बैंकले पनि अनुसन्धान शुरु गरेको छ । राष्ट्र बैंकको लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले उजुरी परेपछि अनुसन्धान सुरु गरिएको बताए ।
उनका अनुसार राष्ट्र बैंकमा अनौपचारिक उजुरी परेपछि संस्थालाई जवाफ पेश गर्न भनिएको छ । अहिले बन्दाबन्दीको अवस्था भएकाले सोही शाखामा जान गाह्रो परेको उनले बताए ।

संस्थाले आफै पनि छानविन गरिरहेको छ भन्ने कुरा आएको छ, हामीले त्यो प्रतिवेदन पनि मागेका छौं’ उनले भने, ‘संस्थाबाट त्यो प्रतिवेदन र जवाफ आएपछि हामीले के गर्नु पर्छ, गर्छौ ।’

गरिएको कर्मचारी स्रोतले दावी गर्यो‘ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४