Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रातो मत्स्येन्द्रनाथ यात्राको साइत जुर्‍यो !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २२ २०७७
  • 5.6K
    SHARES

रातो मत्स्येन्द्रनाथ यात्राको साइत जुर्‍यो !

जन न्युज नेपाल खवर प्रतिनिधि ललितपुर !

कठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ ।  सोमबार पाटन मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबीच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो ।

 ज्योतिष कृति किरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेट भित्रको शुभ साइतमा रथबाट मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताए । यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मुर्तिलाई बुङमती पुर्याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले जन न्युज नेपाल खवर प्रतिनिधिलाइ  बताए ।

वैशाख शुक्लपक्षको शुभ साइतमा निकाल्नुपर्ने रथयात्रा यस वर्ष कोभिड १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्नेका थिए ।

त्यसलगत्तै स्थानीय युवाहरु र प्रहरीबीच झडप समेत भएको थियो । युवाहरुले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमा पूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे,पाटीसम्म,पुर्याएका,थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४