Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०७७
  • 2.4K
    SHARES

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुग्यो

जन न्युज नेपाल खवर प्रतिनिधि

काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् ।
यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ। 

यस्तै देशभर शनिबार १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९  र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल  संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।  
यसैबीच शनिबार काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  काठमाडौंमा ३२६, ललितपुरमा ३७ र  भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४