Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २० २०७७
  • 2.7K
    SHARES

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो

जन न्युज  नेपाल खवर 

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ ।

संक्रमितहरु मध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ७८ हजार बढीको मृत्यु भइसकेको छ ।

यस्तै कोरोना संक्रमितमध्ये एक करोड ८८ लाख ७९ हजार व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख १४ हजार रहेको छ ।

चीनको हुवाइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा ६३ लाख ८६ हजार जना कोरोना भाइरसका संक्रमित रहेका छन् । जसमध्ये ३६ लाख ३० हजार कोरोना मुक्त भएका छन् भने १ लाख ९२ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख ९१ हजार पुगेको छ भने ३२ लाख ७८ हजार कोरोना मुक्त भएका छन् ।

मृत्यु हुनेको संख्या १ लाख २५ हजार पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ ।

भारतमा अहिलेसम्म ४० लाख २० हजार संक्रमित रहेकोमा ३१ लाख ४ हजार कोरोना मुक्त भएका छन् भने ६९ हजार बढीको मृत्यु भएको छ ।

रुसमा १० लाख ९ हजार संक्रमित रहेका छन् । यी मध्ये ८ लाख २६ हजार कोरोना मुक्त भएका छन् भने १७ हजार बढीको मृत्यु भएको छ ।(एजेन्सी)

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४