Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्फ्यू हटेपछि ललितपुरका यी ठाउँलाई गरियो निषेधित क्षेत्र घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०७७
  • 7.2K
    SHARES

कर्फ्यू हटेपछि ललितपुरका यी ठाउँलाई गरियो निषेधित क्षेत्र घोषणा

 जन न्युज नेपाल खवर प्रतिनिधि ललितपुर

ललितपुर / जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार राति १० बजेबाट कर्फ्यू हटाएर जिल्लाका दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। रथ तान्दा बिहीबार प्रहरी र रथ तान्न आएका व्यक्तिबीच झडपपछि प्रशासनले शुक्रबार बिहानदेखि राति १० बजेसम्म कर्फ्यू  लगाएको थियो।

१० बजेबाट कर्फ्यू  हट्ने भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरेको हो । रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ।

त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने जनाइएको छ ।

निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुने उनले जानकारी दिए । निषेधाज्ञा जारी गरिएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा नहुन भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४