Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०७७
  • 14.2K
    SHARES

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

खतिवडा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा

राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्न मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी छ।

बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने रहेको स्रोतले जन न्युज नेपाल खवर प्रतिनिधि लाई बतायो।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो।

मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन्।

६ महिनादेखि राष्ट्रिय सभामा एक सदस्य खाली छ। अर्थमन्त्री युवराज खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो।

नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन फागुन १४ गते सिफारिस गरेको थियो। प्रधानमन्त्री ओलीले त्यो निर्णय कार्यान्वयन गराएका थिएनन्।

प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म पनि खतिवडालाई नै राष्ट्रिय सभामा पठाउन चाहेका थिए। त्यही भएर सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधानअनुसार खतिवडा मन्त्री बनेका थिए।

खतिवडाको ६ महिने कार्यकाल शनिबारदेखि सकिँदैछ। सचिवालयका बहुमत सदस्यले उपाध्यक्ष गौतमलाई बनाउन चाहेपछि गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्री ओलीले नै प्रस्ताव गरेका थिए।

यसैबीच अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख सल्लाहकार बनाउन चाहेका छन्।

‘उहाँ अब प्रधानमन्त्रीको प्रमुख सल्लाहकार हुनुहुन्छ। प्रधानमन्त्रीलाई हरेक किसिमले सहयोग गर्नुहुन्छ,’ अर्थमन्त्री निकट स्रोतले भन्यो,’केही समय अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै राख्ने र उहाँले सल्लाहकारको रूपमा काम गर्ने सम्भावना पनि छ। उहाँ कुनै पनि देशको राजदूत बनेर जानु हुँदैन।‘

त्यस्तै सरकारको प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बन्ने सम्भावना रहेको स्रोतको दावी छ।अहिले खतिवडालेनै अर्थसँगै सञ्चार मन्त्रालय समेत सम्हालेका छन्।

‘परराष्ट्र मन्त्रीलाई प्रधानमन्त्रीले प्रवक्ता बनाउनुहुन्छ होला। सञ्चार दिएर बनाउनुहुन्छ कि आफैंसँग राखेर बनाउनु हुन्छ तर प्रवक्ता भने उहाँ नै बन्ने देखिन्छ,’  स्रोतले भन्यो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४