Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्फ्युका कारण ललितपुर सुनसान, बिरामीलाई रोकतोक छैन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०७७
  • 6K
    SHARES

कर्फ्युका कारण ललितपुर सुनसान, बिरामीलाई रोकतोक छैन

जन न्युज नेपाल खवर प्रतिनिधि ललितपुर

काठमाडौं । बिहान ४ बजेबाट जारी गरिएको कर्फ्युका कारण लिलितपुर सुनसान भएको छ । बिहान ४ बजेदेखि राति १० बजेसम्म जारी गरिएको कर्फ्युका कारण ललितपुरको रिङरोड क्षेत्रभित्र बिहानैबाट सुनसान छ । 

“जनताले कर्फ्यु आदेशको पूर्ण रुपमा पालना गरेका छन । अप्रिय घटना नहोस् भनेर जारी गरिएको कर्फ्युको पालना गर्नु जनताको दायित्त्व हो,” ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जन न्युज नेपाल खवर प्रतिनिधिसँग भने, “अहिलेसम्मम कर्फ्यु जारी गरिएको क्षेत्रमा उल्लंघन भएको सूचना प्राप्त भएको छैन ।”

बिहीबार मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाको आशंका गर्दै ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्युको घोषणा गरिएको हो ।  

बिहान ४ बजेदेखि जारी कर्फ्यु राति १० बजेसम्म रहने छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण क्षेत्रमा लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार बिहानैदेखि कर्फ्यु लगाइएको क्षेत्रको अवस्था सामान्य छ । उनले भने,“बिरामी र सञ्चारकर्मीलाई सहजीकरण गरेका छौं । यसबाहेक आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध छन् । आदेशको उल्लंघन गरेमा कारवाही गर्छौ ।” 

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र उपरोक्त मिति र समयमा आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारीले गोलिसमेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सूचित गरिन्छ ।”

ललितपुर जिल्ला प्रशासनले प्रशासन संक्रमणको कठिन परिस्थितिमा केही उच्छृङ्खल समूह र व्यक्तिहरुले कठिन परिस्थितिको नाजायज फाइदा उठाई धार्मिक, सांस्कृतिक विश्वासमा खलल पुयाई शान्ति सुरक्षा भङ्ग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएकोले सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकोले कर्फयु आदेश जारी गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४