Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा २० वर्षीया युवतीसहित थप दुई जना कोरोना संक्रमितको मृत्यु !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १७ २०७७
  • 4.3K
    SHARES

काठमाडौंमा २० वर्षीया युवतीसहित थप दुई जना कोरोना संक्रमितको मृत्यु !

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

अस्पतालका कोभिड कमिटीका सदस्य डा. सविन थपलियाका अुनसार मृत्यु हुनेमा तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्ध छन्।

उनले दुबै संक्रमितको मंगलबार बेलुका मृत्यु भएको जनाए।

तनहुँ स्थायी घर भएकी युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन्।उनलाई संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।

काठमाडौंका वृद्ध भने १५ गते अस्पताल भर्ना भएका थिए। मधुमेह र रक्तचापको समेत रोगी रहेका उनलाई पहिलो दिनदेखि नै आइसियूमा भर्ना गरिएको थियो।

डा.थपलियाले वृद्धको आइसियूमै उपचारको क्रममा मृत्यु भएको जनाए। दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

मंगलबार राति नै वीरगन्जको कोरोना अस्तपालमा बाराका ९७ वर्षीय वृद्धको मृत्यु भएको थियो

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४