नया गठबन्धनमा काँग्रेस : राष्ट्रपति रामचन्द्र,प्रधामन्त्री शेर बहादुर देउवा,सभापतिमा शशांक ?
जन न्युज नेपाल खबर प्रतिनिधि काठमाडौँ !
दलहरु नेता र कार्यकर्ताले चलाउने भन्दा व्यापारीले गलाउने अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र व्यापारीहरु सल्बलाउँदा हलचल मच्चिएको छ ।
धन्न कोरोना पोजिटिभ भएर डलर अर्बपति सांसद विनोद चौधरी सेल्फ आइसोलेसनमा गए, नत्र यतिबेलासम्म कांग्रेसको रडाको कोरोना महामारी बिर्साउने तहमा पुगिसकेको हुने थियो । काठमाडौं चर्को लकडाउनमै थियो । सानेपास्थित उनको होटल भिभान्तामा अघिल्लो शुक्रबारदेखि मंगलबारसम्मको ब्रेकफास्ट, डिनर हुँदै लञ्चसम्मका घटनाक्रमले कांग्रेसभित्र तरंग मच्चियो । पाँचमध्येको एक दिन बिहानैदेखि सभापति शेरबहादुर देउवा र महामन्त्री सशांक कोइरालाले ब्रेकफास्टदेखि डिनरसम्म भ्याए । यस्तो गठबन्धन थियो, शेरबहादुर र सशांकलाई मिलाउने । सूत्रधार थिइन्, देउवापत्नी आरजु राणा ।
गठबन्धनमा शेरबहादुरको तर्फबाट लिटिल एजल्स स्कुलका साहु उमेश श्रेष्ठ, व्यापारी विनोद चौधरी, मकवानपुरे नेता इन्द्र बानियाँ थिए भने सशांकको तर्फबाट डा.मीनेन्द्र रिजाल, दीपक गिरी र दीपक खड्का देखिए । यी ६ भाइचाहिँ पाँचमा पाँचै दिन भेला भए । तर, बीचैमा बिनोद चौधरीमा कोरोना पोजिटिभ देखिएपछि सबै नेता होम क्वारिन्टिनमा छन् ।
यो गठबन्धनले गरेको सहमति यस्तो छ, अबको प्रधानमन्त्रीमा शेरबहादुर,देउवा राष्ट्रपति रामचन्द्र पौडेल, पार्टी महामन्त्री आरजु राणालाई बनाउने गरी सभापतिमा शशांक कोइरालालाई समर्थन गर्ने । र, रामचन्द्रलाई सभापतिको उम्मेदवार हुनबाट फिर्ता गर्ने काममा सशांक र डा.मीनेन्द्रले पहल गर्ने । तर, विमलेन्द्र निधी, शेखर कोइरालादेखि प्रकाशमान सिंहसम्मलाई त्यहाँ वास्ता गरिएन । उनीहरुलाई पनि त्यही सहमतिभित्र ल्याउन सकिने विश्वासका कारण वास्ता नगरिएको सहभागी एक नेताले सुनाए । यसबाहेक अर्जुननरसिंह केसी र कृष्ण सिटौलाका को–को मान्छे यो गठबन्धनमा आउलान् ? तिनका पद व्यवस्थापन कसरी गर्ने ? जस्ता प्राविधिक विषयहरु बुधबारदेखि सल्ट्याउँदै जाने भन्ने कुरा थियो । तर, चौधरीको कोरोनाले सबै कुरा रोकियो गठबन्धनमा सहभागि एक नेताले जन न्युज नेपाल खवरलाइ भने अरु बाकि काम अब केहि समय पछी नै हुन्छ होला अहिले बिनोद जी मा कोरोना संक्रमण पोजेटिभ देखियो काम रोकियो ।