केन्द्रीय कारागारका ३ कैदीबन्दीको मृत्यु १ जनामा कोरोना संक्रमण पुष्टि!
जन न्युज नेपाल खवर प्रतिनिधि नमुना दहाल कार्की !
काठमाडौँ । केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
जेलर बाँस्कोटाका अनुसार कञ्चनपुर घर भएका ४० वर्षीय ती पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको हो ।
अन्य दुई जनाको वीर अस्पतालमा उपचारको मृत्यु भएको हो । बझाङ घर भएका पुरुषको ५ भदौमा भएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।
त्यस्तै मंगलबार बिहान सिराहा घर भएका एक पुरुषको पनि मृत्यु भएको जेलर बाँस्कोटाले बताए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।
जेलर बाँस्कोटाका अनुसार हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कारागारको सुरक्षामा कार्यरत ५६ जना सुरक्षाकर्मीमा पनि संक्रमण भएको छ । जेलर बाँस्कोटाका,अनुसार अहिले कारागारमा कैदी बन्दीको अबस्था धेरै नै जटिल छ बाहिरको जस्तो सामाजिक दुरी कायम गराउन पनि ठाउको अभावमा मुस्किल छ ।