लमजुङमा अवैध जडिबुटी सहित १ जना महिला पक्राउ
जन न्युज नेपाल खवर


लमजुङ – लमजुङ प्रहरीले अवैध जडिबुटी सहित १ जना महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले लमजुङ घर भई बेशिसहर नगरपालिका ७ बस्ने ३८ बर्षिया सिद्वीमायाँ तामाङलाई पक्राउ गरेको हो ।
तामाङले विभिन्न स्थानबाट प्राप्त जडिबुटी संकलन प्रकृया पुरा नगरी आफु बस्दै आएको घरमा राखेको भन्ने सूचनाका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले तामाङको घर खानतलासी गर्दा डालिङ भनिने टलिट भन्ने ४७६।१ केजी, बन सलुन १५४ केजी र कुट्की २४।६ केजी बरामद भएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै गरी प्रहरीले तामाङको घरमा रहेको जटामसी १४.९ केजी, सुगन्धवाल १८.३ केजी, सतुवा ४.४ केजी र बन आलु २.८ केजी सहित सबै प्रकारका जडिबुटीहरु कुल ६९५.१ केजी बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको जडिबुटी र तामाङलाई डिभिजन बन कार्यालय लमजुङमा आवश्यक कारवाहीको लागि बुझाएको छ ।
डिभिजन बन कार्यालय लमजुङमाले तामाङका बिषयमा थप अनुसन्धान थालिएको जनाएको छ ।